काठमाडौं । नीमा एकेडेमीले चाँगुनारायण नगरपालिकाका शिक्षकहरुलाई लक्षित गरी डिजिटल शिक्षण अध्ययनसम्बन्धी तालिम सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा एकेडेमीले तीन हप्ते तालिम सञ्चालन गरेको हो ।
नीमा एकेडेमी ई-लर्निङ प्लेटफर्मको डिजिटल माध्यमबाट के-कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुलाई जानकारी गराइएको एकेडेमीले जनाएको छ। शिक्षण क्षेत्रलाई पनि परिवर्तनमूखी बनाउने उद्देश्यले यो तालिम अत्यावश्यक रहेको एकेडेमीले जनाएको छ ।
तालिममा पालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी ३४ वटा विद्यालयसँग आबद्ध शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए । तालिमको सहजीकरण सुजित गो. श्रेष्ठले गरेका थिए ।
दोस्रो चरणमा ३४ वटै विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी तालिम आयोजना गर्ने तयारी भइरहेको एकेडेमीको भनाइ छ । अवगत गराएको छ।
हाम्रो सामान्य विषयहरूमा भेट गर्न र छलफल गर्नका लागि तपाईंले प्रदान गरिएको ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी सामाजिक संजालमा जडान हुन सक्छौं वा तत्काल सहायता गर्नका लागि कल गर्न सक्छौं।