प्रथम विश्वयुद्धपूर्व जापानमा कम्युनिष्ट क्रियाकलापहरूप्रति प्रतिबन्ध लगाइएको थियो।विश्वयुद्धको समाप्ति पछि राजनीतिक वातावरण खुकुलो हुँदै जाँदा कम्युनिष्ट गतिविधिहरू पनि सतहमा आउन थाले । यसै क्रममा राजधानी टोकियोमा शिबुया जिल्लाको एकजना मध्यम वर्गीय नेता ( जो JCP को संस्थापक पनि थिए) को घरमा सन् १९२२ जुलाई १५ मा जापान कमुनिस्ट पार्टी - JCP को औपचारिक स्थापना भयो। अर्कोतर्फ यसको स्थापनाको ९ महिनापूर्व नै सोभियत संघको साइवेरियाबाट प्रकाशित हुने पत्रिका Irkutsk मा JCP को घोषणापत्र र नियमावली प्रकाशित भइसकेको थियो । यसो हुनाले JCP लाई पनि Communist International ( Comintern ) को जापानी शाखाका रुपमा बुझ्न सकिन्छ । जे भए पनि जुलाई १५ लाई नै JCP ले आफ्नो स्थापना दिवस मान्दै आइरहेको छ । प्रारम्भका वर्षहरूमा यसले पनि अन्य कमुनिस्ट पार्टीहरुले जस्तै कडा दमनका कारण अत्यन्त कष्टप्रद पार्टी जीवन गुजार्नु प¥यो ।
जनवादी केन्द्रीयताको संगठनात्मक सिद्धान्तको कठोरतापूर्वक पालना, माक्र्सवाद–लेनिनवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त, सर्वहारा समाजवादी क्रान्तिमार्फत् समाजवाद हुँदै साम्यवादको स्थापना गर्ने अधिकतम लक्ष्य, आदि यसका घोषित उद्देश्यहरू हुन्।हाल यसले शान्तिपूर्ण संक्रमणकै बाटोबाट समाजवादमा पुग्न सकिने नीति लिएको छ । सन् १९६९ को जुलाईदेखि आफू सत्तामा पुगे पनि कानुनको सीमाभित्र रहेर अन्य प्रतिपक्ष पार्टीहरूलाई पनि क्रियाशील हुन दिनुपर्छ भन्ने बहुदलवादी विचारहरू JCP भित्र देखापरेका छन्।१९७० को एघारौं महाधिवेशनबाट यसले माक्र्सवाद–लेनिनवादलाई मार्ग निर्देशक सिद्धान्तको सट्टा सैद्धान्तिक आधार ( only a theoritical basis , not a guide to action) को रुपमा मात्र मान्न थाल्यो । यसै महाधिबेसनबाट JCP ले आफ्नु पार्टीलाई आफ्ना सैदान्तिक छलफलहरूलाई Open Party को संज्ञा दिएर सार्वजनिक बहसमा उतार्ने नीति अङ्गिकार ग¥यो ।
यसले सन् १९४६ मा सम्पन्न पहिलो आम निर्वाचनदेखि आजसम्म भएका सबै निर्वाचनहरूमा भाग लिदै आइरहेको छ। एक अङ्कको संख्यादेखि आधासयको संख्यासम्म संसदमा आफ्ना प्रतिनिधि पठाउँदै आइरहेको JCP ले ठूलो सफलता सन् १९५० को जनवरीमा सम्पन्न निर्वाचनमा प्राप्त गरेको थियो । कोरियन युद्धको समयमा पार्टी हिंसात्मक युद्धको नीतितर्फ आकर्षित भयो भने यसैलाई बहाना बनाएर जापान सरकारले JCP माथि प्रतिबन्ध लगायो जसले गर्दा धेरै नेता कार्यकर्ताहरू चीनतिर पलायन समेत भए ।
JCP को सबभन्दा लामो समयसम्म मियामोतो ( Miyamoto Kenji ) ले नेतृत्व गर्नु भयो । जापानको प्रसिद्ध विश्वविद्यालय Tokyo Imperial University बाट साहित्यमा उच्च शिक्षा हासिल गर्नुभएका Kenji मे १९३१ मा JCP सँग आबद्ध हुनुभएको हो। आफ्नो १२ वर्षे जेलजीवन बिताएर फर्किनु भएपछि दोस्रो विश्वयुद्ध पछिको पहिलो पार्टी महाधिवेशनबाट पार्टीको उच्च तहका सात नेताहरूमा Kenji पनि छानिनु भयो।JCP लाई संसदीय लाइनमा ल्याउने कुरामा उहाँकै उल्लेख्य र प्रभावकारी भूमिका रहेको कुरा धेरैले स्वीकार्छन्।सन् १९६८ मा आइपुग्दा उहाँकै नेतृत्वमा JCP ले सोभियत धुरी तथा चिनिया धुरी दुवैबाट मुक्त भई जापानी विशेषता र चिन्तनको लागि स्वतन्त्र भएको घोषणा ग¥यो । त्यस पश्चात् अमेरिका–सोभियतसंघ विरोधी मोर्चामा सामेल भई युरो कम्युनिजम र राष्ट्रवादी लाइन लिएर अगाडि बढ्यो र पार्टीले पूर्ण संसदीय लाईनबाटै अगाडि बढ्ने नीति अख्तियार ग¥यो ।
निर्वाचनमा जापानी मतदाताहरुको मन यसले त्यति जित्न सकेको पैदैना | जापानमा गैर बामपन्थी मत सोझै LDP ले लिन्छ भने बामपन्थी मत पनि JSP , DSP , CCP ले समेत बटुलछन् | जब यसले CPSU लगायतका बैदेशिक कमुनिस्ट पार्टीहरुसंगको सम्बन्धमा विस्तार गर्दै गयो जापानी राजनीतिमा भने एक्लिदै जाने स्थिति बन्दै गयो | निर्वाचन हरुमा यसको अन्य कुनै पार्टीसँग तालमेल गरेको भेटिदैन | फलस्वरूप यसले उल्लेख्य सिट संख्या हात पर्दैन | तर स्थानीय निकायहरूको निर्वाचनमा भने बाम तालमेल वा विपक्षीहरूको तालमेलमा यो पनि सामेल हुने गरेको छ । त्यसमा पनि स्थानीय तहमा JSP र यसको तालमेल हुने गरेको छ । त्यसले गर्दा ठूलाठूला शहरहरूमा यसको राम्रै प्रभाव देखिने गरेको छ । अक्टोवर १२, १९९६ मा भएको आमनिर्वाचनमा आफ्नो अभियान संचालन गरिरहेका ७ वटा मुख्य पार्टीहरूमध्ये अलि स्वच्छ देखिएको JCP मात्र हो भन्ने पर्यवेक्षकहरूको भनाइ थियो । समस्याहरूबाट मुक्त र विपक्षीहरूले समेत आरोपित गर्ने मसला नभएको पार्टीको रुपमा उनीहरूले यसलाई लिए । यसले अंगीकार गरेको कठोर अनुशासनात्मक नीतिका कारण पनि यसो भएको हुन सक्छ । यसका नेताहरूमा भाषण गर्ने क्षमता उच्चस्तरको भएका कारण जुलुस र सभाहरूमा राम्रो भिड जम्मा गर्ने गर्दछ । प्रत्येक निर्वाचनहरूमा ५० देखि ६० लाखको संख्यामा यसले मत प्राप्त गर्ने गरेको छ ।
JCP मा महिला सहभागिताको स्थिति तुलनात्मक रुपमा राम्रै रहेको छ । सम्पूर्ण पार्टी सदस्यहरूको झण्डै ४० प्रतिशत जति महिलाहरू छन् भने संसदमा पनि यदाकदा आधा दर्जन भन्दा बढी नै महिला संसदहरू JCP बाट निर्वाचित भएका छन्।यद्यपि पार्टीको नेतृत्व तहमा भने महिला सहभागिता न्यून नै रहेको छ । सन् १९८५ को एक अध्ययनअनुसार निर्वाचित महिलाहरूको संख्या यस्तो छ = उच्च स्थानमा रहेका २०० नेताहरूमध्ये महिला ९ जना, ४९ सदस्यीय अध्यक्षमण्डलमा २ जना, यसैको २० सदस्यीय स्थायी समितिमा १ जना महिलाको सहभागिता रहेको थियो । पार्टीको स्थानीय तहहरूको तुलनामा JCP लाई उसको नेतृत्वमा कमै मात्र महिला सहभागिता भएको भन्न सकिन्छ । सदस्य संख्याको हकमा JCP सन् १९७८ सम्म जापानमा सबभन्दा ठूलो पार्टीको रुपमा रहेको थियो भने सन् १९९० सम्म विपक्षमा रहेको विश्वकै तेस्रो ठूलो कम्युनिष्ट पार्टीको रुपमा रहेको थियो । अहिले पनि संख्याको कारणले यस स्थानबाट तल आएका नभई अन्य पार्टीको स्थितिमा परिवर्तन आएर यसो भएको हो । LDP ले सन् १९७८ मा विशेष परिचालन कार्यक्रम सञ्चालन गरेर आफ्नो सदस्य संख्यामा विस्तार गरी पहिलो स्थानमा पुग्यो । विपक्षमा रहेका विश्वका ठूला कम्युनिष्ट पार्टीहरू इटली र फ्रान्सका साथमा १९९० पछि रुसी कम्युनिष्ट पार्टी पनि विपक्षमा आएर JCP को स्थिति चौथो स्थानमा आएको हुन सक्छ । यसको पनि सदस्य संख्यामा स्थिरता रहेको पाइँदैन । १ लाख देखि ६ लाखसम्मको संख्यात्म्क उतार–चढाब यसले व्यहोर्ने गरेको छ । यसको श्रेय पनि Miyamoto Kenji को संगठनात्मक क्षमतालाई दिने गरिन्छ । शान्ति, अन्तर्राष्ट्रिय मित्रता, आणविक अस्त्र विरोधी आन्दोलन, सामाजिक सेवा तथा सुरक्षा र जनजीविकाका क्षेत्रमा यसले अगाडि सारेका नीतिहरूका कारण महिला, युवा र मजदूर युनियनहरूमा यसको लोकप्रियता बढेरै गइरहेको छ । त्यस कारणले पनि सदस्य संख्या यो उचाइमा पुग्न सकेको हो । जापानमा सबभन्दा ठूलो मजदूर युनियनमा JSP को जस्तै यसको पनि उल्लेखनीय प्रभाव रहेको छ । यसका अतिरिक्त साना व्यापारीहरू, डाक्टरहरू, वकीलहरू, कर लेखापालहरूको पनि ठूलै संख्या JCP सँग आबद्ध छ र यसको प्रतिष्ठा उठेको पनि छ ।
अर्को एउटा उल्लेखनीय कुरो के छ भने JCP ले एउटा ठूलो प्रकाशन संस्था Yoyogi newspaper publishing company ltd को स्थापना र संचालन गरेको छ । निर्वाचन वा अन्य विशेष अवस्थामा छापिने पर्चा पोस्टहरूलाई छोडेर कुरा गर्दा १ दर्जनभन्दा बढी नै यसका नियमित प्रकाशनहरू छन् । एक रिपोर्टका अनुसार यसको दैनिक प्रकाशन Akahata को घटीमा ४० लाख पाठकहरू भएको कुरा बताइएको छ । यसका अतिरिक्त साप्ताहिक, वार्षिक, मासिक, अर्धवार्षिक गरी विभिन्न प्रकृतिका दर्जनौ प्रकाशनहरू उक्त कम्पनीले गर्दै आइरहेको छ । पार्टीको ९ देखि १० करोड डलरको वार्षिक बजेटमध्ये झण्डै ८० देखि ९० प्रतिशत सम्मको आम्दानी र खर्च उक्त प्रकाशन गृहले बेहोर्ने गरेको छ । यस दृष्टिकोणबाट हेर्दा प्रकाशन र वितरणको राम्रो व्यवस्थापन गर्न सकेकै कारण JCP जापानकै सबभन्दा धनी पार्टीको रुपमा परिचित भएको छ । जापानको कानूनअनुसार प्रत्येक पार्टीले आफ्नो वार्षिक आम्दानी र खर्चको प्रतिवेदन सरकारलाई बुझाउनु पर्दछ । सन् १९८१ मा बुझाइएको यस्तो आर्थिक प्रतिवेदनमा उल्लेख भएअनुसार JCP को वार्षिक बजेट ९ करोड ६० लाख डलर थियो भने LDP को ५ करोड ८६ लाख र JSP को २ करोड ३२ लाख डलर थियो । LDP ले ठूला व्यापारिक फर्महरूबाटै चन्दा संकलन गर्छ भने अन्य पार्टीहरू पनि चन्दाहरूबाटै परिचालित र दाताहरूबाट प्रभावित भएको महसूस हुन्छ जसलाई सर्वसाधारणले Money politics भन्ने गर्दछन् । तर JCP लाई भने आफ्नै आम्दानीमा उभिएर राजनीति गर्न उक्त प्रकाशन कम्पनीले विशिष्ट योगदान गर्न सकेको छ । यस संस्थालाई पार्टीको प्रतिष्ठा उचो राख्ने संस्थाको रुपमा हेर्न सकिन्छ जसले पार्टी प्रचार, आर्थिक व्यवस्थापन र संगठन संचालनलाई एकैसाथ सुदृढ बनाउन सकेको छ ।
All Japan National Congress JCP को सर्वोच्च निकाय हो।यसको आयोजना प्रत्येक दुइवर्षमा गरिन्छ।यसका सहभागीहरू स्थानीय संगठनमा संगठित सदस्यहरूले छानेर पठाएका प्रतिनिधिहरू हुन्छन् । महाधिवेशनमा पार्टीका नीति, कार्यक्रम, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको बारेमा विश्लेषण, छलफल गरी निष्कर्षहरू निकालिन्छ। पार्टीका विगतका कामहरूको समीक्षा गर्नुका साथसै भविष्यका नीति र कार्यक्रमहरूको तय गरिन्छ।महाधिवेशनले केन्द्रीय समिति, केन्द्रीय निर्देशनालाय, केन्द्रीय सचिवालय र केन्द्रीय निरीक्षण तथा नियन्त्रण समितिको निर्वाचन गर्दछ । केन्द्रीय समितिका महासचिव पार्टीका प्रमुख हुन्छन् । सन् १९९९ को अन्त्यतिर अथवा २१ औं शताब्दीको संघारमा जापान कम्युनिष्ट पार्टीले अत्याधुनिक शैलीबाट आफ्नो सम्मेलन सम्पन्न गरेको छ जसमा अत्याधुनिक इलेक्ट्रोनिक मिडिया, टीभी, भिडियो तथा सेटलाइट आदिको प्रयोगबाट देशभरिका आफ्ना सदस्यहरूबीच बहस र अन्तरक्रिया गरेको थियो।पार्टी कार्यालयको हलमा सम्मेलन भएको भएता पनि पार्टी अध्यक्ष तेत्सुजो फुवाको प्रतिवेदन प्रस्तुतिलाई छायांकन गरेर पहिलो पटक सेटलाईट मार्फत देशैभरिका कार्यकर्ताको घरघरको टिभीमा प्रतक्ष प्रशारण गरिएको थियो। पछी अन्य पार्टी हरुले पनि यसलाई पच्छ्याउन थाले ।
२००२ मा JCP ले आफ्नो २३औं कांग्रेस आयोजना गर्यो, जसमा पार्टीको भविष्यको रणनीतिमा व्यापक छलफल भयो। यो दशक JCP का लागि चुनौतीपूर्ण रह्यो किनभने जापानको मुख्यधारको राजनीतिमा यसको प्रभाव सीमित थियो। यद्यपि, पार्टीले आफ्नो सिद्धान्तमा दृढ रहँदै आर्थिक समानता, श्रमिक अधिकार, र शान्तिपूर्ण विदेश नीतिहरूको वकालत गरिरहेको थियो। २००३ मा, JCP ले प्रतिनिधिसभाको चुनावमा ९ सिट जित्यो, जसले पार्टीलाई सीमित भए पनि संसदीय उपस्थितिलाई निरन्तरता दियो। यस अवधिमा, पार्टीले शान्ति र आणविक निशस्त्रीकरणको मुद्दालाई प्रमुखताका साथ उठाइरहेको थियो। २००५ को चुनावमा, JCP ले आफ्नो सीटहरू गुमाएको भए तापनि, स्थानीय स्तरमा यसको समर्थन आधार बलियो रह्यो। २०१० को दशकमा, JCP ले आफ्नो राजनीतिक रणनीतिमा केही परिवर्तनहरू गर्दै गठबन्धन निर्माणको दिशामा ध्यान केन्द्रित गर्यो। पार्टीले अन्य प्रगतिशील दलहरूसँग मिलेर संयुक्त मोर्चा बनाउने प्रयास गर्यो। २०१२ को चुनावमा JCP ले ८ सिट जित्यो, जसले पार्टीको पुनरुत्थानको संकेत गर्यो। पार्टीले २०१३ मा आयोजित २६औं कांग्रेसमा आफ्ना नीतिहरूमा व्यापक छलफल गर्यो र आर्थिक समानताका साथै पर्यावरणीय मुद्दाहरूमा जोड दियो। २०१४ को चुनावमा JCP ले थप सिटहरू जित्यो, जसले पार्टीलाई संसदमा थप प्रभावशाली बनायो। पार्टीले आणविक ऊर्जा विरुद्ध र पर्यावरण संरक्षणको मुद्दामा आक्रामक ढंगले आवाज उठायो। २०१६ को चुनावमा, JCP ले १२ सिट जितेर आफ्नो स्थिति मजबुत बनायो।२०१७ मा, JCP ले आफ्नो २७औं कांग्रेस आयोजना गर्यो, जसमा पार्टीले आफ्ना नीतिहरूलाई अद्यावधिक गर्दै युवा मतदाताहरूलाई आकर्षित गर्न विशेष ध्यान दियो। पार्टीले श्रमिक अधिकार, न्यूनतम ज्याला वृद्धि, र शैक्षिक सुधारको वकालत गरिरह्यो। २०१९ को चुनावमा JCP ले १२ सिट जितेर आफ्नो स्थिरता कायम राख्यो। पार्टीले जापानको संविधानको रक्षा, विशेष गरी धारा ९ को समर्थन गर्दै, शान्ति र लोकतन्त्रको पक्षमा आफ्नो अभियानलाई बलियो बनायो। २०२१ को चुनावमा, JCP ले केही सिटहरू गुमायो, तर पार्टीको विचारधारात्मक स्थिरता र प्रगतिशील मुद्दाहरूमा यसको प्रतिबद्धता अडिग रह्यो। जापानी कम्युनिस्ट पार्टीको हालसम्मको यात्रा चुनौतीपूर्ण भए तापनि, पार्टीले आफ्नो आदर्शमा दृढ रहँदै जनताको अधिकार, आर्थिक समानता, र शान्तिपूर्ण विदेश नीतिहरूको पक्षमा अभियान जारी राखेको छ। पार्टीले आफ्नो सिद्धान्त र नीतिहरूलाई समसामयिक परिप्रेक्ष्यमा अद्यावधिक गर्दै आइरहेको छ।
हाम्रो सामान्य विषयहरूमा भेट गर्न र छलफल गर्नका लागि तपाईंले प्रदान गरिएको ईमेलमा सम्पर्क गर्न सक्नुहुनेछ। हामी सामाजिक संजालमा जडान हुन सक्छौं वा तत्काल सहायता गर्नका लागि कल गर्न सक्छौं।